काठमाण्डु– साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार हरियो भएर बन्द भएको छ । यसदिन नेप्से २७ अंकले बढेर परिसुचक २७४५मा पुगेको छ ।
आज कारोबार रकम पनि बढेको छ । बिहीबार २ अर्ब ९३ करोडको कारोबार भएकोमा आज ३ अर्ब २८ करोडको भयो ।
कारोबारमा आएका २३५ कम्पनीको मूल्य बढेको छ भने २६ कम्पनीको घटेको छ । त्यस्तै ८ कम्पनीको मूल्य भने स्थिर रह्यो
कारोबार रकमका आधारमा यसदिन होटल फरेस्ट इन, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, ङादी ग्रुप र रिडी पावर अगाडि रहे ।
यसदिन त्रिशूली जलविद्युत्को मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो भने स्वाबलम्बन लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.५४ प्रतिशत घट्यो ।
आज व्यापार स्थिर रह्यो भने अरू सबै समूहका सूचक बढेका छन् । बैंकिङ ०.६७, विकास बैंक ०.९५, फाइनान्स १.८७, होटल तथा पर्यटन १.४८, हाइड्रोपावर १.७१, लगानी १.१०, जीवन बीमा ०.६२, उत्पादन तथा प्रशोधन १.४०, माइक्रोफाइनान्स ०.१६ तथा अन्य १.१३ प्रतिशत बढे ।




प्रतिक्रिया