घट्यो सेयर बजार, कारोबार रकम बढ्यो

घट्यो सेयर बजार, कारोबार रकम बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साताको अन्तिम कारोबारको दिन सेयर बजार घटेर बन्द भएको छ । यसदिन नेप्से ११ अंकले घटेर परिसुचक २७५५ मा झरेको हो ।

नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ७० करोडको कारोबार भएकोमा आज ५ अर्ब ६१ करोडको भयो ।

यसदिन ७४ कम्पनीको मूल्य बढ्दा १८४ को घट्यो भने ११ को स्थिर रह्यो ।

आज कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत्, सिटी होटल, सेन्ट्रल फाइनान्स, रिडी पावर, रिलायन्स स्पिनिङ मिल्स र बेस्ट फाइनान्स क्रमशः अगाडि रहे ।

कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत र उपकार लघुवित्तको मूल्य ९ प्रतिशतले बढ्यो भने सबैभन्दा धेरै होटल फरेस्ट इनको ४.२२, माबिलुङ इनर्जीको ४.१७ प्रतिशतले घट्यो ।

आज फाइनान्स समूह सबैभन्दा धेरै २.७७ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन ०.०५ तथा निर्जीवन बीमा ०.०६ प्रतिशत बढेका छन् ।

यस्तै बैंकिङ ०.४४, विकास बैंक ०.१६, जलविद्युत् ०.७४, लगानी ०.३७, जीवन बीमा ०.४४, उत्पादन तथा प्रशोधन ०.७८, माइक्रोफाइनान्स ०.१६, अन्य ०.७४ तथा व्यापार ०.२३ प्रतिशत घटे ।