काठमाण्डु – धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक बिहीबार पनि ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८ दशमलव ५० अंकले ओरालो लागेर २ हजार ६५१ दशमलव ५२ मा सीमित भएको हो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलव ६४ अंकले ओरालो लागेर ४५८ दशमलव २३ मा सीमित भएको छ । कूल ३३८ कम्पनीको ६४ लाख ८० हजार ५९९ कित्ता शेयर २ अर्ब ८३ करोड ८२ लाख ७९ हजार ४११ मूल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।
कारोबारका आधारमा सोापान फर्मासिटिकल्स शीर्ष स्थानमा छ । रिलायन्स स्पिनिङ मिल्स, सप्तकोशी डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत् कम्पनी र नेपाल एसबीआई बैंक शीर्ष ५ भित्र परेका छन् ।
नेप्सेका अनुसार टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बालिङ हाइड्रोपावर, कालिका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले कमाएका छन् । भुजुङ हाइड्रोपावर, सिवाइसी नेपाल लघुवित्त, भगवती हाइड्रोपावर, सानिमा डिवेञ्चर र थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।




प्रतिक्रिया