१६ अंकले घट्यो नेप्से, ५ अर्बको कारोबार

१६ अंकले घट्यो नेप्से, ५ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साताको कारोबारको पहिलो दिन सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से १६ अंकले घटेर परिसुचक २६१३ मा पुगेको छ । आज ५ अर्ब ३८ करोड बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका ४९ कम्पनीको सेयर मूल्य बढेको छ भने २२४ कम्पनीको मूल्य घटेको छ । यस्तै ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

कारोबार रकमका आधारमा यसदिन हिमालयन डिष्ट्रिलरी, शिभम् सिमेन्ट, हाथवे इन्भेष्टमेन्ट अगाडि रहे ।

आज कुमारी बैंक डिबेन्चर १२ प्रतिशत र लक्ष्मी सनराइज डिबेन्चर १० प्र्रतिशतले बढे भने हाथ्वे इन्भेस्टमेन्टको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो ।

यसदिन व्यापार सूचक बाहेकका सबै सूचक राताम्मे भएका छन् ।