काठमाण्डु– बिहिबार सेयर बजार झिनो बिन्दुले बढेको छ । आज नेप्से ०.२६ अकंले बढेर परिसुचक २५९९ मा कायम भएको छ ।
यसदिन करोबार रकम बढेको छ । हिजो ४ अर्ब ७६ करोडको कारोबार भएकामा आज ४ अर्ब ८९ करोडको कारोबार भयो । कारोबारमा आएका १३९ कम्पनीको सेयर मूल्य बढ्यो भने १२७ कम्पनीको मूल्य घट्यो । यस्तै १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।
यसदिन सिन्धु विकास बैंकको सेयर १० प्रतिशतले बढ्यो ।
यसदिन बैंकिङ ५.९२, विकास बैंक १२.१९, वित्त ४.२३ र जलविद्युत् सूचक १.३० अंक बढेका छन् भने
होटल ९.९८, जीवन बीमा १२.७०, उत्पादनमूलक ८.३३, लघुवित्त १.३२, सामूहिक लगानी कोष ०.०५, निर्जीवन बीमा ४८.२४, अन्य ५.९२ र व्यापार समूह ३४.३२ अंक घटेका छन् ।




प्रतिक्रिया