हप्ताको तेस्रो दिन शेयर बजार उकालो


काठमाण्डु – हप्ताको सुरुका २ दिन लगातार राताम्ये रहेको शेयर बजार आज मंगलवार उकालो लागेको छ ।

शेयर बजार परिसूचक नेप्से १७ दशमलव ६९ अंकले बढेर २ हजार १५ दशमलव ९८ विन्दुमा पुगेको छ ।

मंगलवार सबै समूहको शेयर बढेकोमा बीमा, जलविद्युत्, होटल तथा पर्यटन र फाइनान्स समूहको शेयर उच्च अंकले बढेको छ । सबैभन्दा धेरै खुटेली बुखारी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत तथा इङ्वाखोला हाइड्रो र मायाखोला हाइड्रोपावर कम्पनीको शेयर झण्डै ९ प्रतिशतले बढेको छ ।

मंगलवार लक्ष्मी लघुवित्तको शेयर झण्डै साढे ४ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement