शेयर बजार सामान्य अंकले ओकालो


काठमाण्डु – शेयर बजारमा नेप्से परिसूचक आज सोमबार सामान्य अंकले बढेको छ ।

नेप्से परिसूचक ७.०४ अंकले बढेर १९६७.८३ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स १.०९ अंकले बढेर ३७७.७१ विन्दुमा अडिएको छ ।

सोमबार २७० कम्पनीको ३४ लाख ३२ हजार २६७ कित्ता शेयर १ अर्ब ९ करोड ९१ लाख ३९ हजार ६९७.१६ रुपैयाँमा खरिदबिक्री भयो । सोमबवार ३२ हजार ५३३ पटक शेयर कारोबार भएको छ ।

हिजो आइतबार नेप्से परिसूचक २९.८१ अंकले घटेर १९६०.७८ विन्दुमा पुगेको थियो । हिजो २७६ कम्पनीको ४० लाख ५३ हजार ३६८ कित्ता शेयर १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार ३ वटा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । थ्री स्टार हाइड्रोपावरको १० प्रतिशत, दोल्ती पावर कम्पनीको ९.९९ र ग्रीन भेन्चर्सको ९.९५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १२ को मूल्य बढेको छ भने १ को मात्रै घटेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement