शेयर बजारमा हरियाली, ४४ अंकले बढेर डेढ अर्बको कारोबार


काठमाण्डु – कारोबारको दोस्रो दिन आज सोमबार शेयर बजारमा हरियाली छाएको छ ।

सोमबार नेप्से परिसूचक ४४.३० अंकले बढेर कारोबार रकम १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार रुपैयाँ भएको छ ।

शेयर बजारमा २७८ कम्पनीको ४७ लाख ४२ हजार ५११ कित्ता शेयर खरिद बिक्री हुँदा २१२ कम्पनीको शेयर मूल्य बढेको छ । ११ कम्पनीको शेयर मूल्य घट्दा ५ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन नआएको जनाइएको छ ।

होटल, ट्रेडिङ र फाइन्यान्स उपसमूहमा उछाल आएको बजारमा ४ कम्पनीको शेयर मूल्य बढेर सकारात्मक सर्किट तहमा पुगेको थियो । थ्री स्टार, मेन्छियम र मोलुङ हाइड्रोपावरको शेयर मूल्य सर्किट लेबलमा बढेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement