आज शेयर बजारमा गिरावट


काठमाण्डु – आज मंगलबार शेयर बजारमा गिरावट आएको छ ।

आज मंगलबार १९ दशमलव २१ अंकले गिरावट आएको नेप्से परिसूचक १९६७ दशमलव ५७ विन्दुमा पुगेको छ ।

मंगलबार २७६ कम्पनीका ३९ लाख १६ हजार १६१ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब १३ करोड ५० लाख ५७ हजार ५१५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज २ दशमलव ५० अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३७९ दशमलव १४ विन्दुमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement