शेयर बजार १६ अंकले बढ्यो


काठमाण्डु – शेयर बजार परिसूचक नेप्से आज मंगलबार १६ दशमलव २४ अंकले बढेको छ ।

होटल र व्यापारबाहेक अरू सबै समूहको शेयर उकालो लागेर १ हजार ९८५ दशमलव ४३ विन्दुमा पुगेको छ ।

मंगलबार जलविद्युत्, विकास बैंक र उत्पादन समूहको शेयर उच्च अंकले बढेको छ । सबैभन्दा धेरै शुभम् पावर, थ्री स्टार हाइड्रो र मेन्छियाम हाइड्रो पावर कम्पनीको शेयर १० प्रतिशतले तथा बलेफी हाइड्रो, अभियान लघुवित्त, पिपुल्स हाइड्रो र राप्ती हाइड्रोपावर कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै इमर्जिङ नेपाल कम्पनीको शेयर ८ प्रतिशले घटेको छ ।

मंगलबार २७२ वटा कम्पनीका ४३ लाख ३६ हजार कित्ता शेयर कारोबार भएका छन् । ५० हजार २०० पटक भएका कारोबारमा १ अर्ब १७ करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

सबैभन्दा धेरै रिलायबल नेपाल लाइफ इन्सुरेन्स कम्पनीको १० करोड ६ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement