शेयर बजारमा हरियाली, ३ अर्ब २९ करोडको कारोबार


काठमाण्डु – शेयर बजारमा आज बिहीवार हरियाली छाएको छ ।

बिहीबार शेयर बजार परिसूचक नेप्से ४४ दशमलव ३४ अंकले बढेर २ हजार २९ दशमलव ७८ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा जलविद्युत्, फाइनान्स र विकास बैंक समूहको शेयर उच्च अंकले उकालो लागेको छ । नेसनल हाइड्रोपावर कम्पनी, दिव्यश्वरी हाइड्रो, हिमाल दोलखा हाइड्रो, थ्री स्टार हाइड्रो, मन्दाकिनी हाइड्रो, न्यादी हाइड्रो र खानीखोला हाइड्रो तथा स्वाभिमान लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

६ वटा कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै एनआईबीएल ग्रोथ फन्ड र अभियान लघुवित्तको शेयर ४ प्रतिशतले झरेको छ ।

बजारसँगै कारोबार रकममा सुधार आएको छ । १ करोड १२ लाख कित्ता शेयर ३ अर्ब २९ करोड ३९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सन लाइफ नेपाल इन्सुरेन्स कम्पनीको २० करोड १८ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement