शेयर बजार दोहोरो अंकले बढ्यो


काठमाण्डु – शेयर बजार आज सोमबार दोहोरो अंकले बढेको छ ।

आईतबार २१ अंकले घटेको शेयर बजार परिसूचक नेप्से आज सोमबार २१ दशमलव ३० अंकले बढेर १ हजार ८४७ दशमलव ५४ विन्दुमा पुगेको छ ।

आज सोमबार सबै समूहको शेयर उकालो लागेको छ । सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट नेपालको शेयर १० प्रतिशत र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर झण्डै १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन लक्ष्मी लघुवित्त र विन नेपाल लघुवित्तको शेयर ४ प्रतिशतले ओरालो लागेको छ ।

सोमबार ३५ लाख ५५ हजार कित्ता शेयर ९३ करोड ८९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको ६ करोड ४३ लाख र सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको ५ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement