दोहोरो अंकले बढ्यो शेयर बजार


काठमाण्डु – आज मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ ।

बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ११.२२ अंकले बढेर १ हजार ८५८ विन्दुमा कायम भएको छ ।

कूल १४४ कम्पनीको मूल्य बढ्दा ८३ कम्पनीको घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेर १ अर्ब नजिक पुगेको छ ।

हिजो सोमबार कूल ९३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज मंगलबार ९९ करोड ६५ लाख रुपैयाँ कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement