शेयर बजारमा ५ महिनायताकै उच्च कारोबार, नेप्से दोहोरो अंकले घट्यो


काठमाण्डु – शेयर बजारमा सोमबार ५ महिनायताकै उच्च कारोबार भएको छ तर नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

आज सोमबार कूल ४ अर्ब ८४ करोड रुपैयाँको शेयर कारोबार भएको छ । यसअघि गत असार १७ गते ५ अर्ब १ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको थियो ।

कारोबार उच्च भए पनि नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १५.४० अंक घटेको छ । अघिल्लो दिन ३ पटक सर्किट लागेर बजार १११ अंक बढेको थियो ।

आज सोमबार कूल ८१ कम्पनीको मूल्य बढ्दा १५७ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको स्थिर रहेको छ । विकास बैंक समूह सबैभन्दा धेरै २ प्रतिशत घटेको छ भने निर्जीवन बीमा समूह १.३ प्रतिशतले बढेको छ ।

बैंकिङ १५, विकास बैंक ८०, फाइनान्स २२, होटल तथा पर्यटन ७६, जलविद्युत् १४, जीवन बीमा ७९, अन्य १७ र व्यापार उपसमूह ३१ अंक घटेको छ भने निर्जीवन बीमा १४६, माइक्रोफाइनान्स १५ र उत्पादन समूह १३ अंकले बढेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement