नेप्से परिसूचक ५८.५८ अंकले बढ्यो


काठमाण्डु – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज मंगलबार ५८.५८ अंकको वृद्धि आएको छ ।

कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से परिसूचक २.८५ प्रतिशतले बढेर बन्द भएको छ । यससँगै नेप्से परिसूचक २ हजार १११ अंकको विन्दुमा पुगेर रोकिएको छ ।

मंगलबार २२० कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको शेयर मूल्य घट्दा ४ कम्पनीको मूल्य स्थिर छ । परिसूचकमा उत्साहजनक वृद्धि आउँदा आज मंगलबार ४ अर्ब ५५ करोड १६ लाख रुपैयाँ बराबरको १ करोड ६ लाख कित्ता शेयर किनबेच भएको छ ।

परिसूचक ५५ अंकले बढ्दा ५ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

आज मंगलबार शिवम् सिमेन्टको शेयर सबैभन्दा धेरै कारोबार भएको छ । शिवम्को ३७ करोड १९ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सोनापुरको २४ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement