नेप्से परिसूचक ३.४३ अंकले घट्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक आज बुधबार ३.४३ अंकले घटेको छ ।

बुधबार घटेर नेप्से १००६.७८ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक आईतबारदेखि नै घटिरहेको छ ।

कारोबारमा आएका ३२२ कम्पनीको ६४ लाख ८१ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ ।

बुधबार सर्वाधिक धेरै कारोबार हुने कम्पनीमा सूर्यज्योति लाइफ इन्स्योरेन्स छ । कम्पनीको २५ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । दोस्रो धेरै कारोबार हुने कम्पनीमा सर्वाेत्तम सिमेन्ट छ ।

कम्पनीको १२ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ । सोनापुर मिनरल्स एन्ड आयल, शिवम् सिमेन्ट र गोर्खाज फाइनान्सको ५ करोड ९२ लाख रुपैयाँदेखि ११ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement