पदाधिकारीको टुंगो लगाउन संस्थापन पक्षको बैठक सुरु


काठमाण्डु – नेपाली कांग्रेसको संस्थापन पक्षको बैठक सुरु भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा संस्थापन पक्षबाट पदाधिकारीका उम्मेदवारको टुंगो लगाउन बैठक बसेको स्रोतले जनाएको छ ।

यसअघि प्रदेशका प्रतिनिधिहरुसँग संस्थापन पक्षले आजै छलफल गरेको थियो । सो छलफलपछि अनौपचारिक बैठक बालुवाटारमा बसेको जनाइएको छ । संस्थापन पक्षबाट पदाधिकारीमा आकांक्षी धेरै हुँदा व्यवस्थापन गर्न प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई चुनौती छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement