५ अंकले ओरालो लाग्यो सेयर बजार, कारोबार रकम कति ?

५ अंकले ओरालो लाग्यो सेयर बजार, कारोबार रकम कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साताको अन्तिम कारोबार दिन सेयर बजार ५.५७ अंक घटेको छ । यो सँगै परिसुचक २६७० मा कायम भएको छ ।

यसदिन ५ अर्ब ६३ करोडको भयो । ११३ कम्पनीको मूल्य बढ्दा १३१ को घट्यो भने एउटाको स्थिर रह्यो ।

कारोबार रकमका आधारमा राधि विद्युत्, एनआरएन इन्फ्रस्ट्राक्चर, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङस्ले सर्वाधिक कमाए ।

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको छ ।

अधिकांश सेक्टरका सूचक घटेका छन् । सबै सेक्टरको उतारचढाव १ प्रतिशतमुनि नै रह्यो । बैंकिङ ०.०९, फाइनान्स ०.४९, होटल तथा पर्यटन ०.४१, लगानी ०.२९, जीवन बीमा ०.३२, उत्पादन ०.८७, निर्जीवन बीमा ०.२०, अन्य ०.९० र व्यापार सेक्टर ०.११ प्रतिशत घटे । माइक्रोफाइनान्स ०.३८, हाइड्रोपावर ०.०९ र विकास बैंक सेक्टर ०.०३ प्रतिशत बढे ।