६ दिनपछि बढ्यो सेयर बजार, ७ अर्बको कारोबार

६ दिनपछि बढ्यो सेयर बजार, ७ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– ६ दिनपछि सेयर बजार उकालो लागेको छ । यसदिन नेप्से १९ अंकले बढेर परिसुचक २६२८ मा कायम भएको छ ।

आज १ करोड ६२ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३५ करोडको कारोबार भयो । यसदिन १८५ कम्पनीको मूल्य बढ्दा ६० को घट्यो भने दुईको स्थिर रह्यो ।

कारोबार रकमका आधारमा राधि विद्युत्, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स अगाडि रहे ।

आज कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंकको ९ प्रतिशत मूल्य बढ्यो भने विन नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो ।

आज होटल तथा पर्यटन सेक्टर १.२४ प्रतिशत घट्यो भने अरु सबै बढे । विकास बैंक समूह सबैभन्दा धेरै १.८८ प्रतिशत बढ्यो ।

बैंकिङ १.१७, फाइनान्स ०.७०, हाइड्रोपावर ०.९४, लगानी ०.७२, जीवन बीमा ०.४१, उत्पादन ०.२८, माइक्रोफाइनान्स ०.१३, निर्जीवन बीमा १.१२, अन्य ०.४४ र व्यापार ०.५७ प्रतिशत बढे ।