काठमाण्डु– हिजो उकालो लागेको सेयर बजार आज घटेको छ । यसदिन नेप्से ९ अंकले घटेर परिसुचक २७७७ मा झरेको छ ।
यसदिन कारोबार रकम पनि घटेको छ । हिजो झण्डै ६ अर्बको कारोबार भएकोमा आज ४ अर्ब ८५ करोडको कारोबार भयो ।
कारोबारमा आएका ६९ कम्पनीको मूल्य बढ्दा १९० कम्पनीको मूल्य घटेको छ । यस्तै ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
कारोबार रकमका आधारमा यसदिन आँखु खोला हाइड्रो, रिडी पावर अगाडि रहेका छन् ।
आज कालिञ्चोक हाइड्रोको सेयर मूल्य सबैभन्दा धेरै ९ प्रतिशतले बढ्यो । आज म्यूचल फण्ड र निर्जीवन बीमाबाहेक सबै सूचक घटेका छन् ।
निर्जीवन बीमा समूह ०.३५ प्रतिशत बढ्यो ।
बैंकिङ ०.२४, विकास बैंक ०.४८, फाइनान्स ०.४४, होटल तथा पर्यटन ०.०५, जलविद्युत् ०.३८, लगानी ०.६९, जीवन बीमा ०.५३, उत्पादन तथा प्रशोधन ०.४७, माइक्रोफाइनान्स ०.५६, अन्य ०.०६ तथा व्यापार ०.१२ प्रतिशत घटे ।




प्रतिक्रिया