सेयर बजार : १४९ कम्पनीमा हरियाली, काराेबार रकमपनि बढ्याे

सेयर बजार : १४९ कम्पनीमा हरियाली, काराेबार रकमपनि बढ्याे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार सेयर बजार सामान्य बढेको छ , यसदिन नेप्से २.६६ अंकले बढेर परिसुचक २७८०मा पुगेको छ ।

यसदिन कारोबार रकम पनि बढेको छ । हिजो ५ अर्ब २६ करोड बराबरको कारोबार भएकोमा आज ५ अर्ब ७३ करोडको कारोबार भयो ।

कारोबारमा आएका १४९ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो ।

कारोबार रकमका आधारमा यसदिन आँखु खोला जलविद्युत्, नेपाल रि इन्सोरेन्स, रिडी पावर अघि रहे ।

यसदिन कालिञ्चोक हाइड्रोपावर, एसबिएल डिवेन्चरको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढ्यो भने नेपाल रि इन्सोरेन्स कम्पनीको मूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घट्यो ।

आज बैंकिङ, फाइनान्स, हाइड्रोपावर, लगानि, अन्य र व्यापार सुचक घटे भने विकास बैंक, होटल र पर्यटन, जिवन बिमा, उत्पादन प्रशोधन, लघुवित्त, म्युचल फण्ड र निर्जीवन बीमा सुचक बढे ।