२६४३मा पुग्याे सेयर बजार

२६४३मा पुग्याे सेयर बजार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– शुक्रबार सेयर बजार घटेको छ । नेप्से ७.३७ अंकले घटेर सूचक २६४३ अंकमा कायम भएको छ ।

यसदिन कारोबार रकम भने बढेको छ । बिहीबार ३ अर्ब ७२ करोडको सेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब २७ करोडको करोबार भयो ।

शुक्रबार १०१ कम्पनीको मूल्य बढेको छ भने १६४ को घटेको छ । त्यस्तै १२ कम्पनीको मूल्य स्थिर रह्यो ।

कारोबार रकमको आधारमा यसदिन कृषि विकास बैंक बन्ड,लिबर्टी इनर्जी, नाग्दी हाइड्रोपावर तथा एनआरएन इन्भेस्टमेन्ट कम्पनी अगाडि रहे ।

आज माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढेको छ ।

यसदिन बैंकिङ ०.१४, विकास बैंक ०.३३, फाइनान्स ०.७३, होटल तथा पर्यटन ०.३३, जलविद्युत् ०.३४, लगानी ०.९२, उत्पादन तथा प्रशोधन ०.३८, निर्जीवन बीमा ०.४३ तथा व्यापार २.५७ प्रतिशत घटेको छ भने जीवन बीमा ०.२७, माइक्रोफाइनान्स ०.२८, सामूहिक लगानी कोष ०.२४ र अन्य समूह ०.४४ प्रतिशत बढेको छ ।