साताको शेयर बजार : साढे आठ अर्बको कारोबार


काठमाडौं – धितोपत्र बजारमा यस साता कारोबार रकम भने पछिल्लो डेढ वर्षको तुुलनामा उच्च बिन्दुमा पुगेको छ । साताभर शेयर बजार उतार चढावपूर्ण अवस्थामा रहे पनि कारोबार रकममा भने नयाँ इतिहास कायम गरेको छ ।

साताभर कूल १८७ कम्पनीका शेयर कारोबार भए । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से उतारचढावपूर्ण अवस्थामा रहे पनि दुई करोड ५१ लाख दुई हजार १५९ कित्ता शेयर आठ अर्ब ५४ करोड ६८ लाख ३३ हजार ४४६ मूल्यमा खरिदबिक्री भए । बजारले लय समातेर अगाडि बढे पनि क्रमशःनेप्से घटेर साताको अन्तिम दिनसम्म आइपुग्दा एक हजार २०० को बिन्दुमा झरेको छ । मौसमीरुपमा नाफा कमाउने लगानीकर्ता हावी हुँदा बजार उतार चढावपूर्ण अवस्थामा रहेको विश्लेषण गरिएको छ ।

नेप्सेका अनुसार साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भयो । लगातार उकालो लाग्दै आएको बजारमा त्यस दिनको वृद्धिले नयाँ उचाइँ कायम गरेको थियो । त्यस दिन नेप्सेमा ३३.४३ विन्दुले वृद्धि भई एक हजार ३४३.६५ मा पुग््यो । प्रतिशतका आधारमा नेप्सेमा २.५५ वृद्धि देखिएको थियो । कूल १७८ कम्पनीका ६१ लाख ३१ हजार ४१८ कित्ता शेयर दुई अर्ब नौ करोड आठ लाख ७७ हजार ९१७ बराबर कारोवार भए ।

आइतबारको उचाइ सोमबार कायम हुननसक्दा नेप्से परिसूचक त्यसदिन झण्डै साढे २६ अङ्कले ओरालो लाग्यो । नेप्से परिसूचक २६.५४ विन्दुले घटेर एक हजार ३१७.११ मा पुग््यो । नेप्से ओरालो लागे पनि कारोबार रकम झण्डै रु दुई अर्ब बराबर रह्यो । कूल १८२ कम्पनीका ५८ लाख ४६ हजार २३८ कित्ता शेयर रु एक अर्ब ९७ करोड तीन लाख ८७ हजार ९९३ मूल्यमा खरिद–बिक्री भए ।

मङ्गलबार नेप्से परिसूचक झिनो अङ्कले वृद्धि भयो । नेप्सेमा सामान्य सुधार देखिँदै ३.३६ विन्दुले बढेर एक हजार ३२०.४७ मा समेटियो । झिनो अङ्कले नेप्से उकालो लागे पनि कारोवार रकम भने करिब डेढ अर्ब नाघेको थियो । स्टकका अनुसार कूल १८३ कम्पनीको ४४ लाख ५५ हजार ५४५ कित्ता शेयर रु एक अर्ब ५१ करोड ९९ लाख ७६ हजार ७६० मा कारोवार भयो ।

बुधबार नेप्से परिसूचक ७.०५ अङ्कले घटेर एक हजार ३१३.४२ मा पुग््यो । परिसूचक ओरालो लागे पनि कारोवार रकम भने डेढ अर्ब नाघेको थियो । कूल १८७ कम्पनीका ४९ लाख १४ हजार ४३७ कित्ता शेयर रु एक अर्ब ५८ करोड १३ लाख ८१ हजार ३६४ मा खरिद बिक्री भए ।

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लाग््यो । लगातार उकालो लाग्दै आएको नेप्से परिसूचक त्यसदिन झण्डै १६ अङ्कले घटेको थियो । नेप्से १५.९५ विन्दुले घटेर एक हजार २९७.४७ मा झर्यो । एक हजार ३०० को विन्दुमाथि पुगेको बजार ओरालो यात्रासँगै एक हजार २००को विन्दुमा झ¥यो । कूल १७२ कम्पनीका ३७ लाख ५४ हजार ५२१ कित्ता शेयर एक अर्ब ३८ करोड ४२ लाख नौ हजार ४१२ मा खरिद बिक्री भए । स्टकमा यस साता प्रभु बैंकको ऋणपत्र सूचीकृत भयो । कूल १० लाख कित्ता ऋणपत्र उक्त बैंकको सूचीकृत भएका हुन् । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement