शेयर बजारका लगानीकर्ताले आफ्नो खातामा भएको शेयर मात्रै बेच्न पाउने


काठमाडौं – शेयर बजारका लगानीकर्ताले आफ्नो खातामा भएको शेयर मात्रै बेच्न पाउने भएका छन्। नेप्सेले लगानीकर्ताले कारोबारको आदेश प्रविष्ट गरेपछि निजको धितोपत्र निक्षेप खातामा रहेको मौज्दात अनिवार्य जांच गर्ने व्यवस्था गरेको छ जसले गर्दा अब लगानीकर्ताले खातामा भएको शेयर मात्र कारोबार गर्न पाउनेछन्।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले आइतबार विज्ञप्ति जारी गर्दै सम्बन्धित सदस्य दलालसंग सम्पर्क गरी सोही अनुसार आफ्नोे हितग्राही खाता अद्यावधिक गराउन आग्रह गरेका छन्। विज्ञप्तिमा दोस्रो बजारमा कारोबार गर्ने,गराउने सम्बन्धमा नेपाल धितोपत्र बोर्डबाट जारी गरेको विज्ञप्तिको समेत अध्ययन गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement