आइतबार शेयर बजारमा एक अर्बमाथिको कारोबार


काठमाडौं – आइतबार शेयर बजारमा एक अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । १ सय ७९ कम्पनीको १ अर्व ११ करोड रुपैयाँको कारोबार भएको छ । मध्यान्ह २ बजे अघि नै ७० करोड रुपैयाँको कारोबार भएको थियो ।

यस अवधिमा नेप्से सुचक पनि तलबाट माथितिर गएको थियो भने उतारचढावमा रहेको सेयर बजार अन्त्यमा ९.०२ अंक घटेर १३४०.२९ बिन्दूमा पुगेर बन्द भयो । कारोबार भएको आधा घण्टामा उकालो लागेर १३५१ विन्दुसम्म पुगेको सुचक डेढ घण्टामानै १३३३ विन्दुसम्म ओर्लियो ।

आइतबारको भएको कारोबारमा बीमा र लघुवित्तका सुचक बढेकाले लगानीकर्ता बैंक छोडेर बिमा र लघुवित्तका सेयरमा बढी आकर्षित भए । आइतबार नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी १६ करोडको सेयर कारोबार भएको छ । त्यस्तै सूर्योदय लघुवित्त बढी सेयर मुल्य बढ्ने कम्पनिमा परेको छ । तिनाउ मिसन डेभलपमेण्ट बैंकको सेयर मूल्य सबैभन्दा बढी घटेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement