अर्थ

शेयर बजारः नौ अङ्कको सुधार

काठमाडौँ – लगातार उकालो लाग्दै आएको शेयर बजारमा सोमबार पनि सुधार आएको छ । नेपाल स्टक एक्सेचञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९।३२ बिन्दुले बढेर एक हजार १९१.९७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.०२ बिन्दुले बढेर २५५ बिन्दुमा पुगेको छ ।

नेप्से परिसूचकसँगै कारोवार रकममा समेत आज उच्च अङ्कले वृद्धि भएको छ । कूल १७० कम्पनीको २९ लाख ५१ हजार ४७८ कित्ता शेयर ९० करोड ६९ लाख ३६ हजार ७६३ मूल्य बराबरका शेयर खरीद बिक्री भएका छन् ।

कारोवार भएका १० उपसमूहमध्ये आज दुई उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल ५.५ र अन्य उपसमूह २.५६ बिन्दुले घटेको छ । यस्तै बैंकिङ ४.९८, विकास बैंक १.८३, जलविद्युत् ०.६९, वित्त १.२७, निर्जीवन बीमा १५३.७, उत्पादन ०.३१, लघुवित्त ३६.५१ र जीवन बीमा १६७.५ बिन्दुले बढेको छ ।

कारोवारका आधारमा पनि एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको सात करोड ६३ लाख ८९ हजार ४९३, एनएमबी बैंक पाँच करोड ४२ लाख एक हजार ६५५, नेपाल इन्भेस्टमेन्ट बैंकको चार करोड ३२ लाख ६४ हजार ६७४, नेको इन्स्योरेन्स चार करोड २१ लाख ८८ हजनार २८१, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक तीन करोड ९८ लाख ६७ हजार ७२३, नेपाल बैंक लिमिटेड तीन करोड ७५ लाख ३२ हजार २३५ मूल्यको शेयर कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका शेयरधनीले ९.८४ प्रतिशतले कमाएका छन् ।

यस्तै ग्लोबल आइएमइ समुन्ति स्किम एक ९.८०, स्वरोजगार लघुवित्त विकास बैंक ८.४२, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ८.१२, सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ७.५३ बिन्दुले कमाएका छन् । यस्तै राधी विद्युत् कम्पनीका शेयरधनीले ४.५७ प्रतिशतले गुमाएका छन् । यस्तै युनिभर्सल पावर कम्पनी ४.०८, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयरधनी ३.०६, सिन्धु विकास बैंक ३.०३, अरुण कावेली पावर कम्पनीका शेयरधनीले २.८७ प्रतिशतले गुमाएका छन् ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top