सेयर बजारमा सुधारको संकेत : सोमबार ५४ करोडको कारोबार 

सेयर बजारमा सुधारको संकेत : सोमबार ५४ करोडको कारोबार 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सेयर बजारमा सोमबार पनि कारोबार र परिसुचक दुवैमा सुधार आएको छ । पछिल्ला केही दिनमा शेयर बजारमा सुधार भइरहेको बेला सोमबार  १२ सय अंक माथि पुगेको छ । लगातार ओरालो लागिरहेको सेयर बजारले सोमबारबाट बुलिस टेन्ड्रमा गएको हो । यसबाट लगानीकर्ताहरु उत्साहित बनेका छन् । गत साउनपछि शेयर बजार निरन्तर ओरालो लागेको थियो ।

सोमबार सेयर लगानीकर्ताकाहरुले बैंकर्स संघका पदाधिकारीलाई भेटी सस्तो ब्याजदरमा मार्जिन कर्जा उपलब्ध गराउन  माग गर्नुका साथै सेयर बजारमा देखिएको समस्या समाधान गर्न आग्रह गर्दै बैंकर्स संघलाई ज्ञापनपत्र बुझाएपछि लगानीकर्तामा आत्मविश्वास थपिएकोले शेयर बजारमा हरियाली छाएको आंकलन गरिएको छ ।  सोमबार लक्ष्मी बैंकको सेयरमूल्य बढेर सर्किट लागेको छ भने ङादी गु्रप पावरको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ ।

नेप्से परिसूचक सोमबर १२०६.२६ अंकमा पुगेको छ । यसअघि नेप्से परिसूचक ८ दशमलव ९ अंकले बढेको थियो । सोमबार ५ हजार ९ सय ७१ कारोबारबाट १८ लाख ९८ हजार ३ सय ५ कित्ता सेयर किनबेच भएको छ । पछिल्ला दिनमा दैनिक २० करोडको कारोबार हुने बजारमा दुई घण्टा कारोबार समयमा नै २४ करोड रुपैयाँको कारोबार भैसकेको छ । कारोबार रकम बढ्दै  गएपछि लगानीकर्तामा उत्साह समेत थपिएको छ । सोमबार आईतबारको भन्दा २४ करोड रुपैयाभन्दा बढी रकमको सेयर कारोबार भएको  छ ।