फेरी अाेरालाे लाग्याे शेयर बजार, २९ अंकले घट्यो


काठमाडौँ- शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । लगातार घट्दै आएको बजार आज २९.२५ अंकले ओरालो लागेर नेप्से परिसूचक एक हजार ३५७ बिन्दुमा आइपुगेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ६.०६ बिन्दुले कमी आई २८७.०६ बिन्दुमा आइपुगेको छ ।

कूल १५९ कम्पनीको १३ लाख ३८ हजार ७३७ कित्ता शेयर रु ६३ करोड ८४ लाख ४३ हजार ३६३ मूल्यमा खरिद बिक्री भएको स्टकले जनाएको छ । स्टकका अनुसार बैंकिङ २१.४२, होटल ४७.०९, विकास बैंक ३४.७५, जलविद्युत् ४६.६८, फाइनान्स ११.६१, बीमा २३१.१२, उत्पादन ३७.४१, अन्य १२.५४ र माइक्रोफाइनान्स समूह ४३.२६ अंकले ओरालो लागेको थियो ।

साताको पहिलो दिन गत आइतबार ५० अंकले बढेको बजार त्यसपछि भने लगातार ओरालो लाग्दै कारोबार बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement