तीन महिनापछि शेयर खुल्दा पहिरो, नेप्सेमा सर्किट ब्रेक


काठमाडौं – तीन महिनापछि खुलेको शेयर बजारमा पहिलो सर्किट ब्रेक लागेको छ । बजार खुलेको ४० मिनेटमा नै नेपाल स्टक एक्स्चेन्ट (नेप्से) परिसूचक ४ प्रतिशत घटेपछि कारोबार २० मिनेटको लागि स्थगन गरिएको हो ।

सो अवधिसम्ममा नेप्से परिसूचक ४८.१७ अंक घटेर १ हजार १५३.४१ विन्दुमा झरेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ८.९५ अंक अर्थात ३.४४ प्रतिशत घटेर २५१.३६ विन्दुमा झरेको छ ।

सो अवधिसम्ममा ६९ कम्पनीको १ हजार १४३ पटकको कारोबारमा ८ करोड ४२ लाख ७५ हजार रुपैयाँ बराबरको १ लाख ८२ हजार ५४७ कित्ता शेयर खरिदबिक्री भएको छ ।

कारोबार शुरु भएको एक घण्टामा ४ प्रतिशत भन्दा बढिले नेप्से सुचक घटेमा वा बढेमा १५ मिनेटका लागि कोराबार बन्द गरिनेछ भने ६ प्रतिशत भन्दा बढि घटेमा वा बढेमा सर्किट ब्रेक लाग्नेछ । सर्किट ब्रेक लागेको खण्डमा सो दिनका लागि सम्पूर्ण कारोबार बन्द गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement