सेयर बजारमा सामान्य सुधार


काठमाण्डु – बुधबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । आज बजार मापन गर्ने सूचक ७।३२ अंकले बढेर परिसूचक १९३८.३० बिन्दुमा रोकिएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि बुधबार ०.२१ प्रतिशतले वृद्धि भएर ३८२.९४ विन्दु कायम भएको छ । ४३ लाख ४६ हजार ७०८ कित्ता सेयर एक अर्ब ४६ करोड ७९ लाख रुपैयाँमा खरिद–बिक्री भएको नेप्सेले जनाएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा हरियाली छाएको छ । होटल १६.३५, विकास बैंक ३३.६७, जलविद्युत १६.५८, वित्त ८.६६, उत्पादन तथा प्रशोधन १३.१२, अन्य २०.१, माइक्रोफाइनान्स ३६.८६, जीवन बीमा समूहको उपसूचक ५५.१३ अंकले बढेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement