सेयर बजारमा दोहोरो अंकको गिरावट


काठमाण्डु – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज बजार परिसूचक नेप्से १०.५४ अंकले गिरावट भएर १८८३.१६ अंकमा बन्द भएको छ । २० लाख २८ हजार ३४८ कित्ता सेयर किनबेच हुँदा ७७ करोड ४९ लाख १२ हजारको कारोबार भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ५.३०, विकास बैंक ३.८४, जलविद्युत २०.४६, जीवन बीमा ७०.७३, उत्पादन तथा प्रशोधन ३३.१६, माइक्रोफाइनान्स ५३.८२, ट्रेडिङ समूहको २६.२६, निर्जीबन बीमा समूहको उपसूचक १८.४४ अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement