नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि


काठमाण्डु – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४१ अङ्कले उकालो लागेर एक हजार नौ सय ५२ दशमलव ६६ मा पुगेको छ ।

आजको कारोबारपछि ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक एक दशमलव ५३ अङ्कले बढेर तीन सय ७० दशमलव २४ मा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये दुई उपसमूहको सेयर मूल्य ओरालो लाग्दा ११ उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ ।

आजको कारोबारपछि बजार पुँजीकरण २८ खर्ब २८ अर्ब ८२ करोड ५८ लाख नौ सय ८६ बराबर पुगेको छ । विभिन्न कम्पनीका ४० लाख ५९ हजार एक सय ४९ कित्ता सेयर एक अर्ब २० करोड ४४ लाख नौ हजार चार सय ११ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा साल्टटे«डिङ कर्पोरेशन शीर्षस्थानमा छ । कम्पनीको १२ करोड सात लाख ८५ हजार पाँच सय तीन बराबरको कारोबार भयो । यस्तै हिमालयन डिस्टिलरी नौ करोड ३९ लाख ४४ हजार पाँच सय ५९, छिमेक लघुवित्त पाँच करोड ४५ लाख २० हजार तीन सय ३७, शिवम् सिमेन्ट तीन करोड ११ लाख छ हजार सात सय ३९ र एनआइसी एसिया बैंक तीन करोड दुई लाख १९ हजार एक सय ८४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार सुभम् पावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै सुपर मादी हाइड्रोपावर नौ दशमलव ९७, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो आठ दशमलव शून्य दुई, इमर्जिङ नेपाल पाँच दशमलव ८० र स्वाभिमान लघुवित्तको शेयर मूल्य पाँच दशमलव २४ प्रतिशतले घटेको छ ।

त्यस्तै सिवाइसी नेपाल लघुवित्त पाँच दशमलव १८, नबिल इक्विटी फण्ड तीन दशमलव ८५, समिट लघुवित्त तीन दशमलव ४३, कुमारी धनवृद्धि योजना तीन दशमलव शून्य तीन र सामलिङ पावर कम्पनीको शेयर मूल्य दुई दशमलव ५३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement