नेप्सेमा १९ अंकको गिरावट


काठमाण्डु – साता कारोबारको तेस्रो दिन मंगलबार नेप्से १८ सयको विन्दुमा झरेको छ । परिमार्जित शेयर धितो कर्जाले लगानीकर्ता हतोत्साहित हुँदा नेप्सेमा निरन्तर गिरावट आएको हो ।

आज नेप्से परिसूचक १९ अंकले घटेर १८८९ को विन्दुमा कायम भएको छ । नेप्सेमा ४२ लाख ८७ हजार ४२४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २८ करोड ३१ लाख ८२ हजार बराबरको कारोबार भएको छ ।

नेप्से घटेसँगै आज १३ वटै उपसूचकमा गिरावट आएको छ । आज हाइड्रोपावर उपसूचक सर्वाधिक १.७९ प्रतिशतले घटेको छ । त्यस्तै, निर्जीवन बीमा उपसूचक १.६९, होटल तथा पर्यटन उपसूचक १.५८, फाइनान्स उपसूचक १.३९, जीवन बीमा उपसूचक १.०६, र विकास बैंक उपसूचक १.०१ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement