नयाँ वर्षलाई नेप्सेकाे हरियाे झण्डा, बढेर २८६६मा पुग्यो

नयाँ वर्षलाई नेप्सेकाे हरियाे झण्डा, बढेर २८६६मा पुग्यो

बिहीबार 'बाइङ प्रेसर' अझै बढ्न सक्ने अनुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नयाँ वर्ष लागे पछिको पहिलो कारोबारमा सेयर बजार उकालो लागेको छ । ८२ सालको अन्तिम दिन ४ अंकले घटेको नेप्से आज ३३ अंकले बढेर परिसुचक २८६६ मा पुगेको हो ।

यसदिन कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ८ अर्ब ६६ करोडको कारोबार भएकोमा यसदिन साढे १० अर्बको कारोबार भयो ।

कारोबारमा आएका २२१ कम्पनीको मूल्य बढ्दा ४६ को घट्यो भने ३ कम्पनीको स्थिर रह्यो ।

करोबार रकमका आधारमा यसदिन शिभम् सिमेन्ट, नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, सोलु हाइड्रो अगाडि रहे ।

यसदिन ७ कम्पनीको मूल्यमा सर्किट लागेको छ । रिजलाइन इनर्जी, होटल फरेस्ट इन, सिन्धु विकास बैंक, पाल्पा सिमेन्ट, हिमस्टार ऊर्जा, सुपर खुदी हाइड्रोपावर र शिखर पावर डेव्लपमेन्टको सेयर मूल्य १० प्रतिशत बढ्यो ।

यसदिन सबै सुचक उकालो लागेका छन् । सबैभन्दा धेरै होटल एण्ड पर्यटन सेक्टर ३ प्रतिशतले बढ्यो ।

लगानिकर्ताले यसरि बजार बढ्नुलाई नीतिगत सुधारको प्रभाव र प्राविधिक ब्रेकआउटको प्रभाव मानेका छन् । सरकारले पूँजी बजार सुधारका लागि अघि बढाएको १८ बुँदे प्रतिबद्धता र संस्थागत लगानीकर्ता भित्र्याउने योजनाले लगानीकर्तामा उच्च आत्मविश्वास बढेको छ।

यस्तै नेप्सेले २,८५० को विन्दुलाई सफलतापूर्वक पार गरेको छ। प्राविधिक रुपमा बजार अब २,९०० को मनोवैज्ञानिक विन्दु तर्फ लाग्ने देखिएकाले भोलि बिहीबार ‘बाइङ प्रेसर’ अझै बढ्न सक्ने अनुमान लगानीकर्ताले गरेका छन् ।