काठमाण्डु– साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । यसदिन नेप्से १६ अंकले घटेर परिसुचक २६३२ बिन्दुमा झरेको हो ।
यसदिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबारमा ३ अर्ब ९४ करोडको कारोबार भएकामा आज २ अर्ब ६७ करोडको कारोबार भयो ।
कारोबारमा आएका २९ कम्पनीको मूल्य बढेको छ भने २४० कम्पनीको मूल्य घटेको छ । यस्तै आज ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
कारोबार रकमका आधारमा यसदिन ग्लोवल आइएमइ बैंक, सोपान फर्मास्युटिकल्स अगाडि रहे ।
आज टक्सार पिखुवाखोला हाइड्रो, याम्बालिङ हाइड्रोपावर, स्नो रिभर्स, धौलागिरी लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य १५ प्रतिशतले बढ्यो ।
यसदिन सबै सूचक राताम्मे भएका छन् । निर्जीवन बीमा १.३९, उत्पादन तथा प्रशोधन १.१४, होटल तथा पर्यटन १.१४ तथा फाइनान्स १.१३ प्रतिशत घटे । बैंकिङ ०.०९, विकास बैंक ०.७९, जलविद्युत् ०.७२, जीवन बीमा ०.६९, माइक्रोफाइनान्स ०.५९, अन्य ०.५१ तथा व्यापार ०.३२ प्रतिशत घटे ।




प्रतिक्रिया