काठमाण्डु– सेयर बजारले उकालो यात्रा बिहीबार पनि कायम राखेको छ । यसदिन नेप्से ८ अंकले बढेर परिसुचक २६६१ अंकमा पुगेर रोकिएको छ ।
यसदिन कारोबार रकम पनि बढेको छ । हिजो ३ अर्ब ८६ करोडको कारोबार भएकामा आज ४ अर्ब ११ करोडको कारोबार भयो ।
यस अवधिमा ८९ लाख ६४ हजार कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएका १०९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५२ कम्पनीको मूल्य घटेको छ । यस्तै १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
कारोबार रकमका आधारमा यसदिन लक्ष्मी सनराइज बैंक, एनआइसी एसीया डिवेन्चर अगाडि रहे ।
यसदिन उपर लोहोरे खोला हाइड्रो, कालङ्गा हाइड्रो, स्नो रिभर्स लिमिटेड र सानिगाड हाइड्रोको सेयर मूल्य १५ प्रतिशतले बढ्यो । कालङ्गा र सानिगार्ड को सेयर आजबाट नेप्सेमा सूचीकृत भएर कारोबारमा आएका हुन् । यस्तै धैलागिरी लघुबित्त वित्तय संस्थाको सेयर १३ प्रतिशतले बढ्यो ।
यसदनि बैंकिङ सूचक सबैभन्दा धेरै २.०४ प्रतिशत बढ्यो । त्यस्तै फाइनान्स ०.२८, जीवन बीमा ०.१६, माइक्रोफाइनान्स ०.०५ प्रतिशत बढे । विकास बैंक ०.११, होटल तथा पर्यटन ०.१३, जलविद्युत् ०.२६, लगानी ०.०३, उत्पादन तथा प्रशोधन ०.८६, निर्जीवन बीमा ०.३४, अन्य ०.२० तथा व्यापार ०.५० प्रतिशत घटे ।




प्रतिक्रिया