काठमाण्डु– साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजार राताम्मे भएको छ ।आज नेप्से १९ अंकले घटेर परिसुचक २५९९ अंकमा कायम भएको छ ।
यसदिन कारोबार रकमपनि घटेको छ । गत शुक्रबार ४ अर्ब १६ करोडको कारोबार भएकोमा आज ३ अर्ब २३ करोडको भयो ।४७ कम्पनीको मूल्य बढ्दा २२९ कम्पनीको घटेको छ । २ को मूल्य स्थिर रह्यो ।
कारोबार रकमका आधारमा यसदिन रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, साहस ऊर्जा, रिडी पावर, एक्सल डेभलपमेन्ट बैंक, सानिमा मिडिल तमोर अगाडि रहे ।
आज सर्वोत्तम पेन्ट्स्को मूल्य १५ प्रतिशत र त्यस्तै धौलागिरि लघुवित्तको ११ प्रतिशत बढ्यो भने सबैभन्दा धेरै पन्चकन्या माइ हाइड्रोपावरको मूल्य ९ प्रतिशत घट्यो ।
यसदिन सबै सबै समूहगत सूचक राताम्मे भएका छन् । जलविद्युत् सबैभन्दा धेरै १.१९ प्रतिशत घट्यो । त्यस्तै निर्जीवन बीमा १.१२ प्रतिशत घट्यो । अरू समूहगत सूचकको गिरावट दर १ प्रतिशतभन्दा कम रह्यो ।
बैंकिङ ०.६७, विकास बैंक ०.४७, फाइनान्स ०.८०, होटल तथा पर्यटन ०.०१, लगानी ०.४१, जीवन बीमा ०.८१, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.५३, अन्य ०.७८ तथा व्यापार ०.५० प्रतिशत घटे ।




प्रतिक्रिया