काठमाण्डु– बुधबार सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से ३६ अंकले घटेर परिसुचक २६१८मा कायम भएको छ । आज कारोबार रकम पनि घटेको छ ।
मंगलबार ७ अर्ब ४ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३५ करोडको भयो । यसदिन २३ कम्पनीको मूल्य बढ्दा २५३ को घटेको छ ।
२ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकमका आधारमा यसदिन शिवम् सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, हिमालयन डिस्टिलरी, लक्ष्मी सनराइज बैंक, आँखुखोला जलविद्युत् तथा घलेम्दी हाइड्रोपावर अगाडि रहे ।
आज धौलागिरि लघुवित्तको मूल्य १५ प्रतिशत बढ्यो भने सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्सको ८ प्रतिशत घट्यो ।
यसदिन सबै सूचक घटेका छन् । जीवन बीमा समूह सबैभन्दा धेरै २.०४ प्रतिशत घट्यो । बैंकिङ १.२२, विकास बैंक १.३६, फाइनान्स १.०९, होटल तथा पर्यटन ०.९८, जलविद्युत् १.६६, लगानी १.४९, उत्पादन तथा प्रशोधन ०.४५, माइक्रोफाइनान्स १.३१ प्रतिशत घटे । निर्जीवन बीमा १.३२, अन्य १.६५ र व्यापार १.२६ प्रतिशत घटे ।




प्रतिक्रिया