काठमाण्डु– बिहीबार सेयर बजार बढेको छ । नेप्से ११.७७ अंकले बढेर परिसूचक २६२९ अंकमा कायम भएको छ ।
बजार बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ३५ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४४ करोडको भयो ।
यसदिन १७६ कम्पनीको मूल्य बढ्दा ९५ को घटेको छ । ७ कम्पनीको मूल्य स्थिर रह्यो ।
कारोबार रकमका आधारमा यसदिन शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, सानिमा मिडिल तमोर, रिलायन्स स्पिनिङ मिल्स, सोनापुर सिमेन्ट अगाडि रहे ।
यसदिन आज नेपाल ल्युब आयलको सेयर १२ प्रतिशतले बढ्यो भने सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावरको ११ प्रतिशतले घट्यो ।
यसदिन निर्जीवन बीमा समूहबाहेक सबै समूहगत सूचक बढेका छन् । निर्जीवन बीमा ०.३३ प्रतिशत घट्यो । बैंकिङ ०.४६, विकास बैंक ०.०१, फाइनान्स ०.१०, होटल तथा पर्यटन ०.१३, जलविद्युत् ०.१३, लगानी ०.०८, जीवन बीमा ०.७०, माइक्रोफाइनान्स ०.६१, अन्य ०.०४ र व्यापार ०.९७ प्रतिशत बढे ।




प्रतिक्रिया