नयां अर्थमन्त्रीको नियुक्तीसंगै सेयर बजारमा हरियाली


काठमाडौं- पछिल्लो ७ दिन कारोबार हुँदा झण्डै ५४ अंकले ओरालो लागेको नेप्से मंगलबार कारोबारको पहिलो एक घण्टा भने सुधार देखिएको छ । ११ बजेदेखि कारोबार सुरु भएकोमा सवा १२ बजेसम्मको अवधिमा अधिकतम १.५५ अंकले उकालो लागेको छ ।

अहिलेसम्म ‘क’ वर्गका कम्पनीको कारोबारको मापन गर्ने सेन्सेटिभ इन्डेक्स झिनो अंकले उकालो लागेको छ । ९७ कम्पनी कारोबारमा आइसकेका छन् भने १७ करोड ४७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

नेप्सेमा सबै भन्दा ठूलो प्रभाव पार्ने वाणिज्य बैंक अन्तर्गतका परिसूचक उकालो लागेको छ । त्यस्तै विकास बैंक, जलविद्युत, वित्त र विमा अन्तर्गतका परिसुचक भने ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement