नेप्से ५७ अंकले बढेसंगै सेयर बजारमा छायो खुसियाली


काठमाडौं– वाम गठवन्धनको सरकार बनेसंगै निरन्तर ओरालो लागेको सेयरबजारमा एक्कासी सुधार आएको छ । सेयर वजार घटेर ११३५ पुगेपछि लगानीकर्ताहरु चिन्तित बनेका थिए । विहिवार सेयर बजारमा सुधार आएपछि नेप्से बढेर १२५० अंकमा पुगेको छ । पछिल्लो दुई दिनमा मात्रै नेप्से ५७ अंकले बढेको छ । अर्थमन्त्री युवराज खतिवडा र राष्ट्र वैंकका गर्भनर चिरन्जीवी नेपालले सरोकारबालाहरुसंग छलफल गरेर सकरात्मक समाचार सार्वजनिक भएलगत्तै सेयरबजारमा सुधार आएको हो ।

ब्रोकर र लगानीकर्ताहरुले अर्थमन्त्री र गर्भनरसंग भेटेर सेयर वजारको विस्तार र विकासका वारेमा छलफल गरेका थिए । लगानीकर्ताले अर्थमन्त्री भेटेको दुई दिनपछि नेप्से तथा कारोबार रकम दुवैमा उच्च सुधार आएको हो ।

अर्थमन्त्री खतिवडाले सेयर बजारको विस्तारको लागी नीतिगत सुधार गर्ने बताएका थिए । यसअघि उनले नै सेयर वजारमा लगानी अनुउत्पादक भएको टिप्पणी गरेपछि सेयर वजार ओरालो लागेको थियो । विहीबार २३.९४ अंकले बढेर सेयर बजार १२५०.३९ अंकमा पुगेको छ भने १६८ कम्पनीको ६१ करोड ९३ लाख रुपैयां बराबरको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement