शेयर बजारमा नयाँ रेकर्ड, नेप्से परिसूचक २९ सय नाघ्यो


काठमाण्डु – कारोबार हुने हप्ताको पहिलो दिन आइतवार नेप्से परिसूचक १ दशमलव ७६ प्रतिशत बढेर २ हजार ९०६ दशमलव ९१ विन्दुमा पुगेको छ ।

बैंकिङ समूहको शेयरमा उछाल आउँदा नेप्से ५० . १३ अङ्कले बढेर २९ सय ६ . ९ विन्दुमा पुगेको हो । यो नेपालको शेयर बजार इतिहासमा सबैभन्दा उच्च विन्दु हो । आज सेन्सेटिभ इन्डेक्स पनि ७ . ८ अंक बढेर ५२० . ९९ विन्दुमा पुगेको छ । बैंकिङ समूहको शेयर ६९. ५ अङ्कले बढेको छ ।

यस्तै विकास बैंकको शेयर ९६ अङ्कले, फानाइनान्सको २ अङ्कले, अन्यको ६७ र माइक्रोफाइनान्स र लगानी समूहको शेयर चार÷चार अङ्कले बढेको छ । व्यापार, होटल, जलविद्युत्, जीवन बीमा, निर्जीवन बीमा, उत्पादन समूहको शेयर भने घटेको छ ।

आज तीन करोड ७४ लाख कित्ता शेयर १७ अर्ब २७ करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको एक अर्ब २१ करोड रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement