नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट


काठमाण्डु – हिजो उच्च अंकले बढेको नेप्सेमा आज भने दोहोरो अंकले गिरावट आएको छ । शेयर बजार परिसूचक नेप्से आज १३.५६ अंकले घटेर २ हजार ९ सय ४६ दशमलब ५८ विन्दुमा थामिएको छ ।

त्यस्तै, आज १६ अर्ब ९९ करोड ७० लाख बराबरको कारोबार भएको छ । हिजो नेप्से ५३ दशमलव ४४ अङ्कले बढेर २९ सय ६० दशमलव १४ विन्दुमा पुगेको थियो ।

आज १६ अर्ब ९९ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये सात वटा समूह बाहेक अन्य समूह बढेका छन् ।

१० वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज बजार घटेपनि १० कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement