नेप्से परिसूचक सामान्य अंकले घट्यो


काठमाण्डु – साताको अन्तिम दिन बिहीवार शेयर बजार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । दिनभर उतारचढाव भएको नेप्से कारोबार बन्द हुने बेलामा एक दशमलव आठ अङ्कले घटेर दुई हजार नौ सय ४४ दशमलव ७८ विन्दुमा झरको हो ।

आज विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, लगानी र म्युचल फन्ड समूहको शेयर बढे पनि अरू समूहको शेयर घटेको छ । बैंकिङ समूहको शेयर झन्डै १८ अङ्कले, व्यापारको ५७, होटलको २७, जीवन बीमा समूहको दुई सय ७३, निर्जीवन बीमा समूहको ४५ अङ्कले घटेको छ ।

आज दुई सय २० वटा कम्पनीका तीन करोड ६ लाख कित्ता शेयर १६ अर्ब १० करोड रुपैयाँमा कारोबार भएको छ । यस्तै आज शेयरमूल्य बृद्धि हुने कम्पनीहरुमा पाँचथर पावर कम्पनी, शिवश्री हाइड्रोपावर, ङादी ग्रुप पावर, माउन्टेन इनर्जी, रिडी हाइड्रोपावर, बरुण हाइड्रोपावर, सिइडिबी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, जाशी हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, पोखरा फाइनान्स र अपी पावर कम्पनी रहेका छन् ।

त्यस्तै, आज बोटलर्स नेपाल र रुरु जलविद्युत परियोजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । त्यसैगरि कारोबारको आधारमा आज सबैभन्दा बढी हाइड्रोइलोक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी भएको छ । यसको ८३ करोड ९२ लाख २ हजारको कोरोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement