नेप्सेमा उच्च बृद्धि, कारोबारमा नयाँ रेकर्ड


काठमाण्डु – साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । परिसूचक ३८ दशमलव ३२ अंकले वृद्धि भएर २ हजार ९ सय ८३ दशमलव ११ अंकमा पुगेको छ ।

आज कारोबारले पनि नयाँ रेकर्ड कायम गरेको छ । आज १९ अर्ब ५५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यो कारोबार रकम अहिलेसम्मकै अत्याधिक हो । यसअघि जेठ २३ मा १७ अर्ब २७ करोडको नयाँ कारोबार रेकर्ड बनेको थियो ।

यस्तै, आज नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ४.१५ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार ४० मा झरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement