नेप्से परिसूचक ३ हजार नाघ्यो, कारोबार रकम साढे १३ अर्ब नजिक


काठमाण्डु – साताको दोस्रो दिन सोमबार सेयर बजार मापक नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ । कारोबार सुरु भएको तीन घण्टामा नेप्से परिसूचक ३८.५३ अंकले बढेर ३०२१.६४ को बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो ।

आज २२० कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ९० कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ८६ शेयरमूल्य घटेको छ । ७ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा २२० कम्पनीका २ करोड ५३ लाख ६७ हजार १६७ कित्ता शेयर १३ अर्ब ४० करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज अपी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ४२ करोड ४० लाख बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement