नेप्से परिसूचक झिनो अंकले घट्यो


काठमाण्डु – आइतबार र सोमबार लगातार बढेको सेयर बजारमा मंगलबार भने ‘करेक्सन’ देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको हो ।

हिजो सोमबार ४२.७२ अंकले बढेर तीन हजार २५ दशमलब ८३ विन्दुमा पुगेको थियो । आज नेप्से ३.७२ अंकले घटेर तीन हजार २२ दशमलब ११ विन्दुमा थामिएको छ ।

नेप्से परिसूचकमा करेक्नसन देखिए पनि कारोबार रकममा भने उल्लास नै देखिएको छ । कारोबार रकम १६ अर्ब ५२ करोड ८७ लाख रूपैयाँ भन्दा धेरै भएको छ ।

नेप्सेका अनुसार आज तीन वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, खानिखोला हाइड्रोपावर कम्पनी र युनियन हाइड्रोपावर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement