सेयर बजारमा व्यापक चलखेल, बोर्डले भन्यो : लहैलहैमा लागेर लगानी नगर्नू


काठमाण्डु – सेयर बजारमा ‘कर्नरिङ’ हुने गरेको पाइएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले गरेको अध्ययनले ५१ वटा कम्पनीको सेयरमा कर्नरिङ भएको देखाएको छ ।

पछिल्लो समयमा नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएका कम्पनीको शेयरमा अत्यधिक वृद्धि देखिएपछि बोर्यले अध्ययन गरेको हो ।

मूल्य आम्दानी अनुपात १०० भन्दा बढी रहेका, प्रति शेयर आम्दानी ऋणात्मक भएका, प्रति शेयर अंकित मूल्यभन्दा प्रति शेयर नेटवर्थ कम लगायतका कम भएका ५१ वटा कम्पनीहरुमा चलखेल भएको बोर्डको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

बोर्डको प्रतिवेदनमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), चन्द्रागिरि हिल्स, विशाल बजारसहित ५१ कम्पनीको सेयर मूल्यमा चलखेलको भएको बताइएको छ ।

बोर्डले अध्ययन प्रतिवेदन तयार पारी अर्थमन्त्रलायलाई पनि बुझाएको छ । सेयर बजारमा ठूला र बाठा लगानीकर्ताहरुले चलखेल गरेर सेयर मूल्य बढाउने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ ।

बोर्डले भनेको छ, ‘बजार सधै बढिरहने मात्र नभई समय क्रममा घटबढ भइ रहने बजार हो, यस बजारमा हल्ला वा लहैलहैमा लागेर लगानी गर्नु जोखिमयुक्त हुन्छ।’

प्रतिक्रिया दिनुहोस
Advertisement