शेयर बजारमा उछालः परिसूचक र कारोबार रकम दुवैमा सुधार 


काठमाडौं– शेयर बजारमा उकालो लाग्ने क्रम सुरु भएको छ । बुधवार करिव २० अंकको वृद्धिसंगै शेयर बजार करिब सात महिना अघिको बिन्दुमा फर्किएको छ । नेप्से परिसूचकसंगै कारोबार रकममा समेत उल्लेख्य मात्रा सुधार आएको छ । 

नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १९.१४ अकले बढेर १२७९.२९ अंकमा उक्लिएको छ। नेप्सेकाअनुसार बुधबार १७२ कम्पनीको ३४ लाख कित्ता शेयर ९५ करोड रुपैयांमा कारोबार भएको छ । 

शेयर बजारमा सबैभन्दा बढी नेपाल बैकको ९ करोड रुपैयां बराबरको शेयर किनबेच भएको छ। पछिल्लो ६ महिनामा शेयर ओरालो लागेपछि लगानीकर्ताहरु निरास बनेका थिए । 

बुधवार सवैभन्दा बढी होटल समुह चार प्रशितले बढेको छ भने जलविद्युत र उत्पादनमूलक समूहको  शेयरमा गिरावट आएको छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement