शेयर बजारमा हरियाली, नेप्से परिसूचक १४ अङ्कले बढ्यो


काठमाण्डु — शेयर बजार कारोबार मापक नेप्से आज पनि उकालो लागेको छ । नेप्से आज १३.९७ अङ्कले उकालो लागेर २९९४.५८ विन्दुमा कायम भएको छ ।

आज विकास बैंक, जलविद्युत, बीमा, होटल, फाइनान्स र माइक्रोफाइनान्स समूहबाहेक अरू समूहको शेयर उकालो लागेको छ । बैंकिङ समूहको शेयर झन्डै ११ अङ्कले, व्यापार समूहको एक सय ९६ अङ्कले, निर्जीवन बीमा समूहको एक सय एक अङ्कले, उत्पादन समूहको ४१, अन्यको १७ र लगानी समूहको शेयर साढे एक अङ्कले उकालो लागेको हो ।

आज दुई सय १९ कम्पनीका तीन करोड ७५ लाख कित्ता शेयर ११ अर्ब ८१ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ३५ करोड ४१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement